पनौती–५, काभ्रे ०११-६६२६२८ सूचना अधिकारी: अल्बिना श्रेष्ठ
Facebook English
लक्ष्मी महिला साकोसको लोगो
लक्ष्मी महिलाबचत तथा ऋण सहकारी संस्था लि.Laxmi Mahila Saving & Credit Co-operative Society Ltd.
मुख्य कार्यालय०११-६६२६२८
सेवा केन्द्रबनेपा · धुलिखेल
सूचना
२८ औ गरिमामय वार्षिक साधारण सभा सम्बन्धी सुचना । मिति २०८३ असोज १० गते शनिबार बनेपा वडा नं. ५ को स्मार्ट पार्टी प्यालेसमा हुने भएकोले बिहान ९ः३० बजे देखि ३ः३० भित्र उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ । २८ औ गरिमामय वार्षिक साधारण सभा सम्बन्धी सुचना । मिति २०८३ असोज १० गते शनिबार बनेपा वडा नं. ५ को स्मार्ट पार्टी प्यालेसमा हुने भएकोले बिहान ९ः३० बजे देखि ३ः३० भित्र उपस्थितीको लागि हार्दिक अनुरोध गर्दछौ ।

नेतृत्व बिकास तालिम

समाचार
नेतृत्व बिकास तालिम

मिति २०८१ श्रावण २६ गते शनिबार गौतम भिलेज रिसोर्ट सिनागालमा यस लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा भावि संञ्चालकहरुको नेतृत्व बिकास तालिम संस्थाका अध्यक्ष श्री मैया महतज्युको अध्यक्षतामा प्रमुख अतिथि निवर्तमान अध्यक्ष श्री तिर्थमाया प्रधानज्युको आतिथ्यतामा प्रशिक्षक श्री कृष्ण प्रसाद आचर्यज्युको प्रशिक्षणमा भव्यताका साथ सम्पन्न गरियो । कार्यक्रम संञ्चालन तथा उदघोषण संञ्चालक समिति सचिब श्री सकुन्तला श्रेष्ठज्युले गर्नुभएको थियो । भने स्वागत मन्तव्य एव कार्यक्रमको औचित्य प्रष्ट पार्दै संस्थाका अध्यक्ष श्री मैया महतज्युले भाबि संञ्चालक समितिहरुलाई विगतका संघर्ष एव भावि चुनौतीको बारेमा समेत प्रष्ट पार्नुभएको थियो । एक दिवसिय तालिमलाई प्रशिक्षक श्री कृष्ण प्रसाद आचर्य ज्युले संञ्चालक समितिको योग्यता क्षमता कर्तव्य जिम्मेवारी भुमिका बारेमा प्रष्ट पार्दै संञ्चालक समितिले बहन गर्नुपर्ने उदरदायित्व एवं जिम्मेवारीको बारेमा सबैजना सहभागिलाई समेटेर प्रष्ट पार्नु भएको थियो । तालिमको अन्त्यमा बोल्नु हुदै प्रमुख अतिथी श्री तिर्थ माया प्रधानज्युले संस्थाको प्रारम्भिक अबस्थाबाट आजको दिनलाई फर्केर हेर्दा अत्यन्तै हर्ष लाग्ने एवं सबैले दिनु भएको साथ सहयोगको परिणाममा गर्व महशुस गर्दै सबैलाई धन्यबाद व्यक्त गर्नु भएको थियो साथै आगामी दिनमा पनि सम्पुर्ण सदस्य ज्युहरुले यसै गरि साथ सल्लाहा दिनुहुन अनुरोध गर्नुभएको थियो । कार्यक्रम मा ४८ जना सदस्य प्रतिनिधि हरुको उपस्थिति रहेको थियो अन्तमा तालिमको अध्यक्षता गर्नुभएका संस्थाका अध्यक्ष श्री मैया महतद्धारा उपस्थित सम्पुर्णलाई धन्यबाद दिनुहुदै प्रशिक्षक ज्युलाइ मायाको चिनो दिएर बिदाई गर्दै आगामी दिनको यात्रमा सम्पुर्णले एक जुट भएर सहयोग गर्न र सफलताको बाटो अंगाल्न हार्दिक अनुरोध गर्नुहुदै सम्पुर्ण उपस्थित महानुभावहरुलाई तालिमको प्रमाण पत्र उपलब्ध गराउदै कार्यक्रम समापन गराउनु भएको थियो ।

सबै सूचना