२०५५ साल चैत्र १३ गते देखि निरन्तर “ समुदायमा आधारित दिगो उत्कृष्ट व्यवसायिक महिला सहकारी संस्था ” बनाउने परिकल्पनाका साथ निरन्तर रुपमा बचत,ऋण,आर्थिक,सामजिक सुरक्षा तथा विप्रेष्णका सेवा मार्फत पनौती,धुलिखेल र बनेपा नगरपालिकाका सम्पुर्ण दिदि बहिनीहरुलाई सक्षम तथा जीबनस्तर उकास्न निरन्तर सहयोग गर्ने यस लक्ष्मी महिला सकोसको वेबसाईटमा याहाँहरुलाई हार्दिक स्वागत गर्दछौ । यस संस्थाका विभिन्न आर्थिक,सामजिक तथा महत्वपुर्ण सुचनाहरु समय सापेक्ष पारदर्शि रुपमा सदस्यहरु समक्ष पु¥याउने उद्देश्यका साथ हामिले यो प्रविधिको विकास गरेका छौ । हाम्रा सम्पुर्ण सदस्यहरुले आफ्ना महत्वपुर्ण सल्लाह,सुझाब र आफ्ना रचनात्मक कार्यहरुको निरन्तर साथ सहयोगको अपेक्षा सहित यस संस्थाको वृद्धि विकासकोलागि सधै ऐक्यवद्धता प्रकट गरिदिनुहुन सम्पुर्ण सदस्यहरु एवं शुभचिन्तकहरुमा हार्दिक अनुरोध गर्दछौ ।
“एकका लागि सबै, सबैका लागि एक” सहकारीको मूल मन्त्रलाई आत्मसाथ गर्दै सहकारी सिद्धान्तको आधारमा लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्था नामाकरण गरि २०५५ साल चैत १३ गतेबाट सुरु भएको यस संस्था आज २२ औं बर्षमा अगाडी बढिरहेको छ। यस अवधिमा आफ्नो कार्य क्षेत्रमा रहेका महिलाहरु मात्रको आर्थिक, सामाजिक लगायत हरेक क्षेत्रमा सहयोगकालागि काम गर्ने उद्देश्य लिएको भएतापनि यसले अन्य संस्थाले जतिनै पुरुष तथा बालबालिका र विकाश निर्माण क्षेत्रमा पनि काम गरिरहेको सबैमा सर्वविदितै छ। आगामी दिनहरुमा पनि आफ्ना सदस्यहरुको बृद्धी विकाशमा सेवा पुर्र्याउन तथा उनीहरुको सामाजिक र आर्थिक उत्थानका लागि कार्य गर्न समुदायमा आधिरित दिगो तथा सक्षम, उत्कृष्ट वित्तीय महिला सहकारीको रुपमा बिकाश गर्न हामी प्रयासरत छौं। यसका लागि सम्पूर्ण शेयर सदस्यहरु, शुभचिन्तकहरु, जिल्ला, प्रदेश तथा केन्द्रीय संघहरु र स्थानीय निकायहरुको साथ-सहयोग, सुझाव र सल्लाहको अपेक्षा गर्दछु। धन्यबाद। जय सहकारी !!